एजेन्सी := स्वीजरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २–० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटर फाइनलमा पुगेको हो ।
स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए । योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस बर्षको युरोकपबाट बाहिरिएको छ। अब क्वाटरफाइनलमा स्वीजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ ।




















