काठमाडौं := गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि नव प्रतिभा करण परियारले जित्नुभएको छ । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाका परियारले उपाधि हात पार्नु भएको हो । उपाधिसँगै उहाँले २५ लाख नगद र ट्रफी प्राप्त गर्नु भयो ।
त्यस्त्ै नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित हुनुभयो । गुरुङले १० लाख र विश्वकर्माले ५ लाख नगदसहित ट्रफी प्राप्त गर्नुभयो ।
एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्द्रिरा जोशी र गायक कालीप्रसाद बासकोटा निर्णायकको रुपमा हुनुहुन्थ्यो ।