हरर कमेडी फिल्म ‘मुन्ज्या’को बक्स अफिसमा दबदबा, दिनहुँ करोडौं कमाउदै।

एजेन्सी (मुम्बई):= हरर कमेडी फिल्म ‘मुन्ज्या’ले बक्स अफिसमा दबदबा बनाएको छ । चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । राम्रो सुरुवात गरेको मुन्ज्याले प्रदर्शनको एक हप्तासम्म प्रत्येक दिन करोडमाथि व्यापार गरिरहेको छ ।

यो चलचित्रलाई दर्शकले यति रुचाएका छन् कि हलमा हेर्नको लागि ठूलो संख्यामा दर्शक आउने गरेका छन् । ‘मुन्ज्या’ले रिलिज भएको एक साता नपुग्दै बजेट फिर्ता गरेको छ । उत्कृष्ट कथाको आधारमा ठूलो बजेट र ठूला स्टारकास्ट नभएको फिल्मले पनि बक्स अफिसमा धमाकेदार कमाई गर्न सक्छ भन्ने यो फिल्मले प्रमाणित गरेको छ ।

फिल्मले राजकुमार राव र जान्हवी कपूरको रोमान्टिक स्पोर्ट्स ड्रामालाई पनि पछाडि पारेको छ। चाखलाग्दो कुरा के छ भने यो फिल्मको न त धेरै प्रचार नै भयो न त धेरै चर्चा नै भए पनि ‘मुञ्ज्या’ ले बक्स अफिसमा राम्रो कमाई गरेको छ ।

‘मुन्ज्या’को कमाईको कुरा गर्दा यो फिल्मले पहिलो दिन चार करोड कमाएको थियो । यसपछि फिल्मले दोस्रो दिन ७.२५ करोडको व्यापार गरेको थियो । तेस्रो दिन ‘मुन्ज्या’ले आठ करोड र चौथो दिन चार करोड कमाएको थियो । ‘मुन्ज्या’ ले पाँचौं दिनको कमाई ४.१५ करोड रुपैयाँ कमाएको छ ।

‘मुन्ज्या’ मा शर्वरी वाघ, अभय वर्मा, सुहास जोशी र मोना सिंहले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो फिल्म दिनेश विजनको म्याडक फिल्म्सको अलौकिक ब्रह्माण्डको रुही, स्त्री र भेडिया पछि चौथो फिल्म हो। ‘मुन्ज्या’ लाई आदित्य सरपोतदारले निर्देशन गरेका हुन् ।