प्राथमिक स्वास्थ्य केन्द्र बागरमा ११२ जनालाई जाँच गर्दा १० जनामा क्यान्सरको आसंका।

दङ्गीशरण := दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ,६ मा गरिएको निसुल्क महिला प्रजनन स्वास्थ्य शिविरमा सोमबार फेरी १० जना क्यान्सर संकास्पद विरामी भेटिएका छन् । सोमबार प्राथामिक स्वास्थ्य केन्द्र बागरमा १ सय १२ जनाको परिक्षण गर्दा १० जना क्यान्सर संकास्पद विरामी भेटिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाकी राधा कर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकांस महिलाहरुमा पाठेघर सम्बन्धि समस्या देखिएको छ । वडा नम्बर ७ बाट भने ६/७ जना मात्रै चेकजाँचका लागी आएको उहाँले बताउनुभयो । निसुल्क रुपमा पाठेघरको समस्या भएनभएको बारे चेकजाँच गर्न पाउदा स्थानिय महिलाहरु खुसी भएका छन् ।

दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा यही जेठ २३ गते वडा नम्बर १ बाट सुरु भएको पाठेघरको स्कृनिङ तथा व्यवस्थापन महिला प्रजनन स्वास्थ्य शिविर २४ र २५ गते हेकुली स्वास्थ्य चौकीमा सम्पन्न भएको छ भने हिजो २८ गते बागर स्वास्थ्य केन्द्रमा चेकजाँच गरिएको हो । आजपनि सोही ठाउँबाट चेकजाँच गरिएसँगै शिविर समापन हुने भएको छ ।।