प्रधानमन्त्री प्रचण्डले गरे भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता।

भारत := भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।उहाँहरुबीच आइतबार बेलुवा भेटवार्ता भएको हो ।

भेटमा नपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।उहाँहरुबीच विगतमा भएका समझदारी एवं सम्झौता हरूको विषयमा विचार विमर्श भएको छ। आइतबार भारतको नयाँ दिल्ली पुग्नुभएको प्रधानमन्त्री प्रचण्ड साँझ भएको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि रहनुभएको छ । प्रचण्ड आज साँझ स्वदेश फर्कनुहुने छ ।