काठमाडौं := बाबुल गिरी र इब्सल सन्ज्यालको स्वर रहेको गीत ‘तँई का ठमक’ सार्वजनिक भएको छ । बाबुलकै संगीत, गोविन्द भट्टको शब्द, धनबहादुर गिरीको एरेञ्ज रहेको पश्चिमेली शैलीको गीतको भिडियो सार्वजनिक भएको हो ।
माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र बेनिसा हमालका साथमा गोविन्द र बाबुललाई फिचरिङ गरिएको छ । भिडियोमा प्रियंका र बेनिसाको हट अवतार देख्न सकिन्छ ।
भिडियोमा प्रियंकार बेनिसासँग दुवैको जोडी सुहाएको देख सकिन्छ । गरिमा फिल्मस्ले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन छ ।