लण्डन:= विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार वितरण समारोह बालोन डी’ओर आगामी अक्टोबर २८ मा पेरिसमा आयोजना हुने भएको छ । आयोजक युइएफएका अनुसार आगामी सेप्टेम्बर ४ मा मनोनयन घोषणा गरिनेछ ।
रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाउनुभएका भिनिसियस जुनियर, जुड बेलिंगम र टोनी क्रुसले बलियो प्रतिस्पर्धा गर्ने सम्भावना छ । युरो २०२४ मा जर्मनीका लागि खेलेपछि क्रुसले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिनुहुनेछ ।
महिला च्याम्पियन्स लिग क्याटलान क्लब बार्सिलोनाका आइताना बोनमाटी र एलेक्सिया पुटेलास मुख्य दाबेदार हुनुहुन्छ । लियोनल मेसी र बोनमाटीले गत वर्ष विश्वकप जितेपछि बालोन डी’ओर जित्नुभएको थियो । एजेन्सी ।




















