मिस्टर बिस्ट बने विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर।

काठमाडाैं:= २६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर बनेका छन् । उनको च्यानल मिस्टर बिस्टको आइतबार २६ करोड ८० लाख सब्सक्राइबर पुगेका छन् ।

यससँगै जिम्मीले भारतीय म्युजिक लेबल टी–सिरिजको रेकर्ड तोडेका छन् । टी सिरिजको युट्युबमा २६ करोड ६० लाख सब्सक्राइबर छन् । यस च्यानलका मालिक चलचित्र तथा संगीत निर्माता भुषण कुमार हुन् । बिस्टले टी–सिरीजको कीर्तिमान तोडेपछि भनेका छन्’ ६ वर्षपछि मैले अन्ततः बदला लिएको छु ।’

टी सिरिज सन् २०१९ देखि युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलको रूपमा थियो, तर मिस्टर बिस्टले अब यो रेकर्डलाई तोडि दिएका छन् । ‘मिस्टर बिस्ट’ युटुबमा आफ्नो खतरनाक र अनौठो भिडियोका लागि परिचित छन् । तिनीहरू प्रायः मानिसहरूलाई जिउँदै गाड्ने वा १०० दिनसम्म सँगै बस्ने जस्ता चुनौतीहरू दिन्छन् ।

मिस्टर बिस्टले बिस्ट फिलान्थ्रोपी नामक एनजीओ पनि खोलेका छन्, जसको माध्यमबाट उनले आफ्नो परिवार, साथीहरू, फ्यानहरू र खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्छन् । केहि समय अघि नेपालमा पनि उनले सिन्धुलीको एक अस्पतालको मर्मत गरिदिएका थिए ।