मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाउम निर्वाचित।

Claudia Sheinbaum, the presidential candidate of the ruling MORENA party, waves to her supporters after winning the election, in Mexico City, Mexico June 3, 2024. REUTERS/Raquel Cunha

एजेन्सी := क्लाउडिया शेनबाउम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् । मेक्सिकोको निर्वाचन आयोगका अनुसार ६१ वर्षीया क्लाउडियाले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरी विजयी भएको जनाएको छ ।

मेक्सिकोमा आइतबार निर्वाचन भएको थियो । यी चुनावमा क्लाउडियाको अगाडि एक महिला उम्मेदवार शोरचिल गल्वेसे थिए । क्लाउडिया स्कोर्चिलभन्दा ३० प्रतिशत बढी मत ल्याएर विजयी भएकी छन् ।

शोरचिल एक व्यापारी हुन् र क्लाउडिया मेक्सिको सिटीको मेयर भइसकेकी छन्। क्लाउडियाले आफ्ना गुरु र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको स्थान लिनेछन् । उनी १ अक्टुबर सम्म यो पदमा रहनेछन् ।