काठमाडौं:= इसेवा प्रयोगकर्ताका लागि जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहार पाउने योजना ल्याएको छ, जसमा एक भाग्यशाली विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहार जित्ने मौका पाउनेछन् ।
असार ३१ सम्म सञ्चालन हुने अफरमा इसेवासँग आबद्ध रहेका १२ बिमा कम्पनीमा जीवन बिमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले हरेक हप्ता आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ ।
हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौंमा एक दिन दुई रातका लागि स्टेकेसन प्याकेज पाउनेछन् भने पाँच भाग्यशालीले इसेवा केयर प्राप्त गर्नेछन् ।
बम्परमा छ दिन पाँच रातका लागि दुबई घुम्न जाने अवसर प्राप्त गर्नेछन् । साथै विभिन्न जीवन बिमा कम्पनीको प्रिमियम तिर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरू पाउन सक्ने पनि इसेवाले जनाएको छ ।