एजेन्सी := टिकटकले क्रियेटरलाई सकारात्मक इंक्लुसिव लाइभ कम्युनिटी निर्माणमा मद्दत गर्न शैक्षिक टुलसहितको लाइभ स्ट्रिमिङ सुविधाका साथै पैसा कमाउन नयाँ गाइड लाइन पनि जारी गरेको छ ।
टिकटक लाइभले सकारात्मक, अथेन्टिक र रमाइला लाइभ कम्युनिटीलाई बढावा दिन नयाँ लाइभ मनिटाइजेसन गाइड लाइन्स र शैक्षिक पहलहरूको थालनी गर्दैछ । गाइड लाइनले अप्रामाणिक वा कम गुणस्तर केही कन्टेन्टलाई टिकटक लाइभमा मनिटाइजेसनका लागि अयोग्य बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार धेरैजसो क्रियेटरले पहिले नै यी नियम पालना गरिसकेका छन् तर पनि नियम उल्लंघन गर्नेलाई सूचित गराउँदै उनीहरूको मनिटाइजेसन सुविधाको पहुँचमा प्रतिबन्ध हुन सक्नेछ । टिकटकको कम्युनिटी गाइडलाइन्स र सेवाका शर्तले केही आधारभूत मापदण्ड सेट गर्नेछ, जसले लाइभसहितका कन्टेन्टलाई टिकटकभरि जहाँ पनि प्रस्तुत गर्न अनुमति दिनेछ ।
टिकटकले नयाँ लाइभ क्रियेटरलाई राम्रोसँग साथ दिन र नयाँ स्ट्रिमरलाई सुरक्षितरूपमा स्वागत गर्न आफ्नो दृष्टिकोणलाई पनि अपडेट गर्दैछ । टिकटकका प्रचलनमा रहेकाभन्दा केही दृढ लाइभ स्ट्रिमिङ आवश्यकता छन्, जहाँ क्रियेटर कम्तीमा १८ वर्षको हुनैपर्छ र उनीहरूको अकाउन्टले लाइभ जान थप अन्य मापदण्ड पनि पूरा गर्नुपर्छ ।
योग्य भएका लाइभ क्रियेटरले अबदेखि विभिन्न चरण गरेर एडभान्स्ड लाइभ मनिटाइजेसन सुविधासम्म पहुँच प्राप्त गर्नेछन्, ता कि उनीहरूले आफ्ना दर्शक बढ्दै जाँदा लाइभका नियम सिक्दै जान सकुन् । जसका लागि उनीहरूलाई मद्दत गर्न टिकटकले एउटा नयाँ लाइभ सेफ्टी सेन्टर पनि सुरू गर्दैछ ।
कम्पनीका अनुसार ४० हजारभन्दा बढी मानिसले टिकटक प्लेटफर्म सुरक्षित राख्न टेक्नोलोजीसँगै काम गर्छन् र लाइभका लागि डेडिटेकेड टोली र डिटेक्सन मोडल पनि समावेश छन् । टिकटकले १० भन्दा बढी कस्टमाइजेबल सेफ्टी टुल विशेषरूपमा लाइभ सिर्जनाकर्ताका लागि प्रदान गर्छ ।