अर्जुन कपुर र नायिका मलाइका अरोराबीचको प्रेम सम्बन्ध टुटयो।

मुम्बई := बलिउड नायक अर्जुन कपुर र नायिका मलाइका अरोराबीचको प्रेम सम्बन्ध टुटेको छ । भारतीय मिडियाकाअनुसार उहाँहरुले सहमतिमै प्रेम सम्बन्ध टुङ्ग्याउनु भएको हो ।

अर्जुन र मलाइकाको सम्बन्ध टुट्नुको कारण भने खुलेको छैन । यद्यपि उहाँहरुले सहमतिमै सम्बन्ध तोडेको बताइएको छ । यो घटनापछि मिल्ने साथीकै रुपमा सार्वजनिक हुने गरी उहाँहरु छुट्टीनु भएको हो ।

उहाँहरुले यसबारे सार्वजनिक स्थानमा मयार्दित भएर प्रस्तुत हुने सहमति भएको छ । डिभोर्सी नायिका मलिकासँग अर्जुन पछिल्लो पाँच वर्षदेखि खुलारुपमा प्रेम सम्बन्ध हुनुहुन्थ्यो । ४५ वर्षको जन्मदिनमा मलाइकाले प्रेमसम्बन्ध सार्वजनिक गर्नुभएको थियो ।

मलाइका र अर्जुनबीच १२ वर्षको उमेर अन्तर छ । यही कारण यो जोडी आलोचनाको सिकार बन्ने गरेको थियो । मलाइका नायक सलमान खानका भाइ अरबाजको पूर्वपत्नी हुनुहुन्छ ।