काठमाडौं := क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । बिहीबार अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका उनकाे भिसा फेरि रिजेक्ट भएको हाे । टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।
यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो । सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो भने बुधबार काठमाडौंको माइतीघरमा उनलाई भिसा दिनुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन पनि गरेका थिए ।




















