आईपिएलको इलिमिनेटर खेलमा राजस्थानसंग पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु बाहिरियो।

एजेन्सी :=इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) आईपिएलबाट बाहिरिएको छ। फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानविरुद्ध ४ विकेटले पराजित हुँदै आरसीबी बाहिरिएको हो।

गएरातिको खेलमा बेंगलूरुले दिएको १ सय ७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४० रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलूरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । उसका रजत पतिदरले सर्वाधिक ३४ रन बनाएका थिए ।

राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि आउँदो भोलि खेल्नेछ। हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल आइतबार हुनेछ।