चलचित्र ‘शिरफूल’ आगामी असार ७ गतेदेखि सिनेमाघरमा आउने तय।

काठमाडौं := चलचित्र ‘शिरफूल’ आगामी असार ७ गतेदेखि सिनेमाघरमा आउने भएको छ । निर्देशक कमल एक्चै मगर निर्देशित यो चलचित्रले सिनेमाघरमा आउने मिति तय गरेको हो । निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शीरको फूलको रूपमा लिने चलन भएकोले चलचित्रमा छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको जानकारी गराउनुभयो ।

चलचित्रमा रूपा राना, राज थापा, देवराज आले, विनीता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय छ । राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको चलचत्रिमा आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानी छ ।

चलचित्रको पटकथा संवाद राज थापा र राजु युगिनले लेख्नुभएको हो । चलचित्रका गीतमा तारा श्रीस, आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिनुभएको छ । चलचित्रमा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका छ । चलचित्र आरआर फिल्मस्ले देशभर वितरणको जिम्मा लिएको छ ।