एजेन्सी (अहमदाबाद):= कोलकाता नाइट राइडर्सले पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा कोलकाता ८ विकेटले विजयी बनेको हो ।
हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ दशलमव ४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो।कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले। वेंकटेश ऐयर २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे।
ओपनरद्वय रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन बनाए। हैदराबादका कप्तान प्याट कमिन्स र थाङगारासु नटराजनले समान १ विकेट लिए। त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ गरेको हैदराबाद १९ दशमलव ३ ओभरमा १ सय ५९ रनमा समेटियो।
हैदराबादका लागि राहुल त्रिपाठीले ३५ बलमा सर्वाधिक ५५ रन जोडे। हेनरिच क्लासनले २१ बलमा ३२ रन जोड्दा कमिन्सले २४ बलमा ३० रन बनाए। कोलकाता लागि मिचेल स्टार्कले ३ , वरुण चक्रवर्तीले २ विकेट लिए। वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलले समान १ विकेट लिए।
विजयी कोलकाता जितसँगै फाइनलमा प्रवेश गर्यो भने पराजित हैदराबादले भने फाइनल पुग्ने दोस्रो मौका पाउनेछ। सो अवसर तेस्रो र चौथो स्थानमा रहेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलूरु बीचको एलिमिनेटर खेलको विजेता विरुद्ध हुनेछ। एलिमिनेटर खेल आज हुँदैछ। दोस्रो क्वालिफायर भने शुक्रबार चेन्नईमा हुनेछ। फाइनल आगामी आइतबार चेन्नईमा नै हुनेछ।




















