नेपाली राजदूतावास मलेसियाको आयोजनामा पेनाङ्ग राज्यमा कन्सुलर सेवा कार्यक्रम आयोजना हुने।

क्वालालम्पुर := मलेसियास्थित नेपाली राजदूतावासको आयोजनामा पेनाङ्ग राज्यमा कार्यरत नेपाली श्रमिकहरुलाई सहयोग पुर्याउने हेतुले कन्सुलर सेवा कार्यक्रम आयोजना हुने भएको छ।

दूतावास ले जनाए अनुसार कन्सुलर सेवा यही मिति २०८१ साल जेठ १२ र १३ ( तदानुसार २०२४ मे २५ र २६ तारिख ) का दिन नेपाली राजदूतावास, क्वालालम्पपुरले पेनाङ्ग क्षेत्रलाई लक्षित गरी ( YMCA, 211 Jalan Macalister, Georgetown, 10450, Pualau Pinang ) भन्ने ठाउँमा कन्सुलर सेवा उपलब्ध गराउने भएको हो ।

सो सेवा लिन ईच्छुक नागरिकले तलको लिङ्कमा क्लिक गरेर निम्न अनुसारको विवरण भर्नुहोला।
https://docs.google.com/forms/d/e/1FAIpQLSejYvJd4OafNhHC8nhjoQjdYS2rfVx0NSL9SxlyjuDelycvzQ/viewform?usp=pp_url यहीँ लिंकमा क्लिक गरेर फारम भर्नुहोला ।

साथै दूतावास ले राहदानी नवीकरणको लागि हालको राहदानीको वहाल अवधि १८ महिना भन्दा कम भएको वा पाना सिद्धिएका व्यक्तिहरुले मात्र फाराम भर्नुहुन समेत अनुरोध गर्नुभएको छ ।

साथै तयार भएको राहदानी संकलनको लागि अनिवार्य रुपमा आफ्नो पुरानो राहदानी नंम्बर र सेवामा राहदानी संकलन उल्लेख गर्नको लागि दूतावास ले अनुरोध गर्नुभएको छ । थप आवश्यक जानकारीको लागि नेपाली दूतावासको कर्मचारी बोम सुनार +६०११३९९८८०९६ मा सम्पर्क गर्न सकिनेछ् ।