काठमाडौं := काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालकलाई समाएपछि मेयर बालेन शाह आक्रोशित हुनुभएको छ । उहाँले जबसम्म स सम्मान चालकहरू रिहा हुँदैन त्यस बेलासम्म सिंहदरबार र नेताहरुको घरको फोहोर नउठ्ने बताउनु भएको छ ।
सोमबार सामाजिक सञ्जालमा मेयर बालेनले लेख्नुभएको छ, ‘भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले। जब सम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन। को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छोडिँदैन ।’

पुनः केहि समय पश्चात् चालकहरू रिहाइ भएको खबर पाउने वित्तिकै उनले फेसबुकमा स्टेटस लेख्दै आगामी दिनमा बुझेर मात्रै कदम चाल्न चेतावनी दिएका छन्।
उनले लेखेका छन्, ‘फोहोरको गाडी चलाउने चालकलाई ससम्मान छाडेको खबर पाएँ, जो कोहीले यत्ति बुझ्नुहोला। पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाडौँ महानगर यसमा संवेदनशील छ। अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन। बुझेर कदम चाल्नुहोला।’





















