रोयल च्यालेनजर्स बेंगलूरु प्लेअफमा, आईपीएलको प्लेअफ समीकरण पूरा।

एजेन्सी := इंडियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ समीकरण पूरा भएको छ। चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) ले प्लेअफमा स्थान बनायो। हारले डिफेन्डिङ च्याम्पियन चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमागएराति चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै अंक तालिकाको‌ चौथो स्थानमा रहन सफल भयो।

आरसीबीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको  चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो। चेन्नाईका लागि ओपनर रचिन्ल रवीन्द्रले ३७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१ रन बनाए।

रवीन्द्र जडेजा २२ बलमा ४२ रन बनाएर अविजित रहेपनि टोलीलाई पार लगाउन भने सकेनन्। अजिङ्क्या राहानेले ३३ रन बनाए भने महेन्द्र सिंह धोनीले २५ रन बनाएका थिए। आरसीबीको जितमा यश दयालले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले १(१ विकेट लिए।

त्यसअघि आरसीबीले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन जोड्यो। आरसीबीका लागि कप्तान फ्याफ डु प्लेसिसले ३९ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रन जोडे।

विराट कोहलीले २९ बलमा ३ चौका र ४ छक्का सहित ४७ रन बनाए। रजत पतिडरले २३ बलमा ४१ रन बनाए।क्यामरन ग्रीन १७ बलमा ३८ रन बनाएर नटआउट । ग्लेन म्याक्सवेलले १६ तथा दिनेश कार्तिकले १४ रन बनाए ।चेन्नाईका लागि शार्दुल ठाकुरले २ तथा तुशार देशपाण्डे र मिचेल स्यान्टनरले १(१ विकेट लिए।

अब बेंगलुरुले बुधबार इलिमिनेटर खेल्नेछ । यसअघि कोलकाता नाइटराइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले प्ले–खेल्ने निश्चित भइसकेको छ ।