काठमाडौं := साउदीले घरेलु कामदारका लागि ज्याला संरक्षण सेवा लागू गर्ने भएको छ । साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले घरेलु कामदारको तलबसम्बन्धी ज्याला संरक्षण सेवा मुसानेड प्लेटफर्ममार्फत लागू गर्ने निर्णय गरेको हो । पहिलो चरणमा नयाँ करारमा आउने घरेलु कामदारका लागि आगामी १ जुलाईदेखि ज्याला संरक्षण सेवा लागू गरिनेछ ।
हालका घरेलु कामदारको करारको हकमा क्रमशः उनीहरूलाई आधारभूत आधारमा लागू गरिनेछ । १ जनवरी २०२६ सम्म सबै वर्गका घरेलु कामदार यस सेवामा आउने मन्त्रालयले जनाएको छ । यो सेवा घरेलु कामदार क्षेत्रको विकास, घरेलु कामदार र रोजगारदाता दुवैको अधिकार सुनिश्चित गर्न मन्त्रालयको पहलकदमीको निरन्तरता हो ।
यसले मन्त्रालयको मुसानेड प्लेटफर्ममार्फत डिजिटल वालेट र स्वीकृत बैंकको प्रयोगमार्फत तलब भुक्तानी गर्ने प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्ने र यसलाई सहज बनाउने लक्ष्य राखेको जनाएको छ । यो सेवाले पारिश्रमिक हस्तान्तरणको सुरक्षा र विश्वसनीयता बढाउँछ, जसले सम्झौता पक्षको अधिकार सुरक्षित गर्छ ।
नयाँ सेवा चार जनाभन्दा बढी घरेलु कामदार भएका रोजगारदाताका लागि १ जनवरी २०२५ देखि लागू हुनेछ। तीन वा सोभन्दा बढी कामदार भएका रोजगारदाताका हकमा भने १ जुलाई २०२५ मा लागू हुनेछ, जबकि दुई वा थप कामदार भएको हकमा यो सेवा १ अक्टोबर २०२५ मा लागू हुनेछ । यो सेवा १ अप्रिल २०२२ देखि मुसानेड प्लेटफर्ममार्फत उपलब्ध छ भने यसमा सम्बन्ध मा संलग्न पक्षबाट व्यापक सकारात्मक अन्तत्र्रिmया प्राप्त गरेको छ ।
यो उल्लेखनीय छ कि विशिष्ट आधिकारिक माध्यममार्फत घरेलु कामदारको तलब भुक्तानी गर्ने सेवाले घरेलु कामदारको तलब प्रमाणीकरणलाई बलियो बनाउँदै रोजगारदाताका लागि धेरै फाइदा समावेश गर्छ यसले नियोक्तालाई करार सम्बन्धको अन्त्यमा वा कामदारको यात्रामा कामदारसँग सम्बन्धित प्रक्रिया समाप्त गर्न सजिलो बनाउँछ । यो सेवाले रोजगारदाता र श्रमिकबीच विवाद हुँदा सुरक्षाका लागि पनि नेतृत्व गर्ने जनाएको छ । Source :Rajdhani Dainik