कंचनपुर:= गायक रवि ओड धरौटीमा रिहा हुनुभएको छ। वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ओड बिहीबार साँझ रिहा हुनुभएको हो । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उहाँ ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीले बताएको छ ।
‘नेपाल आइडल सिजन २’ विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उहाँकी श्रीमतीले गत २० चैतमा उजुरी दिनुभएको थियो। सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।




















