एजेन्सी (रोम):= युभेन्टसले इटालियन कपको उपाधि जितेको छ । बुधबार एटलान्टालाई १-० ले पराजित गर्दै युभेन्टसले उपाधि जितेको हो । हारसँगै ६ दशकयता पहिलो उपाधि जित्ने एटलान्टाको सपना अधुरै रहृयो ।
युभेन्टसले इटालियन कपको उपाधि जितेको यो १५औँ पल्ट हो । डुसान भ्लाहोभिचले चौथो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उसले अब अर्को साता हुने युरोपा कपको फाइनलमा बायर लेभरकुजनको सामना गर्नेछ । एजेन्सी ।




















