आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने पहिलो टिम बन्यो।

काठमाडौँ:= इन्डियन प्रिमियर लिग (आईपीएल)  क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राति वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो ।

बर्षाले प्रभावित भएपछि १६-१६ ओभर खेलाइएको खेलमा कोलकोताले दिएको १५८ रनको लक्ष्य पछाएको मुम्बईले १६ ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउदै १५७ रन बनाएको थियो ।

यो जितपछि कोलकोताको १२ खेलमा १८ अंक भएको छ र प्लेअफमाया छनौट भएको छ । त्यसैगरी मुम्बई इण्डियन्सको भने यो नवौं हार हो । १३ खेलमा ८ अंक रहेको मुम्बई नवौं स्थानमा रहेको छ र मुम्बई प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।

आइपीएलमा आज २ खेल हुनेछन् । पौने ४ बजे चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स भिड्दा राति पौने ८ बजे रोयल च्यालेन्जर्स बेंग्लुरु र दिल्ली क्यापिटल्स आमने सामने हुने छन् ।