इण्डोनेसियामा एक जोडी बिहे गरेको १२ दिनपछि श्रीमती पुरूष भएको थाहा पाएपछि…..

क्वालालम्पुर := यो दुनियाँमा बिहे गरेको लामो समयसम्म पनि पत्नीको लिंग छुट्टाउन नसकेका पीडित पुरुषहरुको संख्या पनि धेरै छ्न । र बेला बेला यस्ता घटनाहरु पनि सुनिने गरिन्छ । इण्डोनेसियामा पनि हालै यस्तै घटना भएको छ । त्यहाँका एकजना व्यक्तिले बिहे गरेर ल्याएको १२ दिनपछि मात्रै आफ्नी श्रीमती पुरुष भएको पत्तो पाएका छन् ।

२६ वर्षका ती युवकले १२ दिनअघि मात्रै आफुले बिहे गरेर ल्याएकी बेहुली पुरुष भएको थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । वास्तवमा उनीहरुबीच इन्टरनेटमा भेट भएर प्रेम सम्बन्ध कायम भएको थियो । त्यसपछि उनीहरु भौतिक रुपमै डेटिंगमा गए र केही समयपछि बिहे गरे । डेटिंगमा गएको बेला उनले गर्लफ्रेण्डको सरीरको पछिल्लो भाग अनौठो देखेका थिए, तर उनले शंका गरेनन् ।

आफ्नो नाम एडिन्डा कान्जा अजाहारा बताएकी ती महिलाले अनुहार भने हिजाब लगाएर सधै छोप्ने गरेकी थिइन् । त्यसो गर्दा उनलाई आफ्नी गर्लफ्रेण्ड निकै लजालु भनेर झनै मन परेको थियो । ती दुईले बिहे गर्ने निर्णय त गरे तर बिहे गरेर सम्बन्धित सरकारी निकायमा दर्ता गर्न भने अजाहाराले आनाकानी गरिन् । आफ्नी आमाको मृत्यु भएको र बुवा बेपत्ता भएकोले आफुले अभिभावकहरुलाई बोलाउन नसक्ने बताएपछि युवकका गाउँलेहरुले एउटा सानो समारोहमा धार्मिक गुरुलाई बोलाएर उनीहरुको बिहे गराइदिए ।

बिहेपछि पनि उनको आनीबानी बदलिएन । उनले अनुहारमा हिजाब लगाउन छाडिनिन् र बेहुलाका परिवारसँग पनि घुलमिल भइनन् । साथै लोग्नेसँग शारीरिक सम्पर्क गर्न पनि उनले आनाकानी गरिन् ।त्यसपछि ती युवकलाई शंका लाग्यो र उनले परिवारसँग गुनासो गरे । छोराको भनाई अनुसार परिवारजनले ती नव बेहुलीमाथि अनुसन्धान सुरु गरे । त्यसक्रममा अजाहारा वास्तवमा पुरुष रहेको र उनले आफ्नो नाम र लिंग ढाँटेको खुलासा भयो ।

साथै उनका बुवा पनि बेपत्ता नभएको र घरमै रहेको थाहा भयो । बेहुलीको त्यस्तो करतुत थाहा पाएपछि उनीहरुले तत्कालै प्रहरीलाई खबर गरे। प्रहरीले पक्राउ गरेपछि बेहुली बनेका ती युवकले अपराध स्वीकार गरेका छन् र पैसाको लागि आफु महिला बनेर युवकसँग बिहे गरेको बताएका छन् । उनीमाथि फौजदारी कानून अन्तरगत मुद्दा चलाइएको छ । एजेन्सीको सहयोगमा