एजेन्सी:= इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको हो।
गुजरातले दिएको २३२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।लक्ष्य पछ्याउने क्रममा चेन्नईले निकै खराब सुरुवात गरेको थियो।
गुजरातका लागि गिलले ५५ बलमा ९ चौका र ६ छक्का सहित १०४ रन बनाए। सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्का सहित १०३ रन जोडे। चेन्नईले ८ विकेटको क्षतिमा १९६ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाउँदा मोइन अलिले ५६ रन जोडे ।
प्लेअफमा सजिलै पुग्ने चेन्नईको सपनामा यो हारले धक्का लागेको छ। १२ खेलपछि चेन्नई १२ अंकसहित चौथो स्थानमा छ। गुजरात १२ खेलबाट १० अंकसहित आठौँ स्थानमा छ।




















