१० वर्षपछि आईसिसी टी-२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय खेलाडी टोलीको बिदाइ।

काठमाडौं := आईसिसी टी-२० विश्वकपमा खेल्नलाई सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई अमेरिकन दूतावासले बिदाइ गरेको छ । दूतावासले शुक्रबार एक कार्यक्रममा नेपाली टोलीलाई बिदाइ गरेको हो । १० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली टोली शनिबार वेष्ट इण्डिज जानेछ ।

वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकप नौ स्थानमा ५५ खेल हुनेछ । कुल २८ दिनसम्म चल्ने विश्वकपमा २० टोलीले स्पर्धा गर्नेछन् । सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपालले सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको हो । विश्वकप अघि नेपाली टोलीले वेष्ट इण्डिजमा अभ्यास गर्नेछ ।

विश्वकपमा नेपाल नेदरल्याण्स्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको समूह ‘डी’मा छ । समूहका शीर्ष दुई टोलीले सुपर ८ मा स्थान पक्का गर्नेछन् । सुपर ८ बाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । जुन १ देखि सुरु हुने विश्वपकपको फाइनल खेल जुन २९ मा हुनेछ ।

आफ्नो पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्याण्ड सँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्नेछ । जुन १५ मा दक्षिण अफ्रिका र समूह चरणको अन्तिम खेलमा जुन १७ मा बंगलादेशसँग खेल्नेछ । नेपाल रहेको समूहका पाँच टोलीमध्य हालसम्म दक्षिण अफ्रिकाले मात्र टोली घोषणा गरेको छ ।