गीता भट्टराई र रमेश निर्दोषको स्वरमा रहेको गीत ‘दियो कलश’ सार्वजनिक।

काठमाडौं := गीता भट्टराई र रमेश निर्दोषको स्वरमा रहेको गीत ‘दियो कलश’ सार्वजनिक भएको छ । रमेश परियारको शब्द, संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुन्दर दृश्य कैद गरिएको भिडियोमा सुरेश कोहली, अस्मिता रणपाललगायतका साथमा गायिका भट्टराईलाई पनि देख्न सकिन्छ ।

अजय रेग्मीको छायांकन, अमित चापागाईंको सम्पादन रहेको भिडियो कुमार केसीले निर्देशन गर्नुभएको हो । भिडियो गायिका भट्टराईको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।