आइपिएलअन्तर्गतको खेलमा कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई हरायो।

एजेन्सी := इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको खेलमा कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई २४ रनले पराजित गरेको हो।

कोलकोताले दिएको १७० रनको लक्ष्य पछाएको मुम्बईले १८.५ ओभरमा १४५ रन बनाएर अल आउट भएपछि खेल कोलकोताले २४ रनले जितेको थियो। यसअघि कोलकोताले पहिला ब्याटिङ गर्दै १९.५ ओभरमा अल आउट हुँदै १६९ रन बनाएको थियो।

यो कोलोताको यस सिजनमा सातौं जित हो। १० खेलमा ७ जित र ३ हारसहित कोलकोताको १४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ। त्यस्तै मुम्बईको भने यो यस सिजनमा आठौँ हार हो। ११ खेलमा केवल ३ खेल जितेको मुम्बईको ६ अंक रहेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ।

आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाईटन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।