प्रधानमन्त्री प्रचण्ड र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता।

काठमाडौं := प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा आउनुभएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बिहान काठमाडौंस्थित होटल सोल्टीमा भेटवार्ता भएको हो। यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ ।