सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूविना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई बिदाइ गरेको थियो ।

मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता आज (बुधबार)देखि मे ५ तारिखसम्म आयोजना हुनेछ ।