नेपाली राजदूतावास मलेसियाको सहयोग र पिएनसिसि,एनआरएनएको समन्वयमा दुई नेपालीको उद्दार गरि स्वदेश फिर्ता।

[ सुरेन्द्र महतो ] 

क्वालालम्पुर (मलेसिया):= मलेसिया स्थित नेपाली राजदुतावासको विशेष सहयोग समन्वयमा मलेसियामा रहेका दुईजना पिडीत नेपाली श्रमिकको उद्धार गरि नेपाल पठाएको छ ।  उद्धार हुनेमा बलवा ६, महोत्तरी जिल्ला निवासी फेकन सहनी र यसोधरा १, कपिलवस्तु निवासी जमिल अहमत चुरीहर रहेका छन । उनीहरु पिएनसिसिको समन्वयमा १९ अप्रिलका दिन हिमालयन एयरलाईन्सको फ्लाईटमा नेपाल फर्किएका हुन ।

पिडीत फेकन सहनी आजभन्दा चार बर्ष अगाडी बातुपाहत स्थित फर्निचर कम्पनीमा आएका थिए । दुईबर्ष काम गरेपछि कम्पनी सटडाउन भयो र भनेजति काम दिन सकेन । त्यसपछि कम्पनीबाट भागे । कम्पनीबाट भाग्दा जस्तो सोचेर भागेको थिए, त्यस्तो भएन । न कामको टुङ्खो भयो न बस्ने कै । पूर्णरुपमा बेरोजगार भएर बिगत सात महिनादेखि साथीभाईहरुको सहयोग र सहायतामा बस्दै आएका फेकनलाई पिएनसिसि भोलेन्टियर सुरेन्द्र महत्तोको पहलमा मुहार क्षेत्रबाट नेपाल राजदूतावसले उद्धार गरेको हो ।

त्यसैगरि अर्का पिडीत जमिल अमत चुरीहरलाई पिएनसिसि मलेसिया प्रतिनिधि पूर्ण सुब्बाले आकासे पुलमा सुतिरहेको अवस्थाबाट उद्धार गरेको हो । आजभन्दा नौ बर्ष अगाडी मलेसिया आएका जमिलले घरपरिवारलाई सम्पर्क गर्न छाडेपछि परिवारका सदस्यले पिएनसिसिलाई खोजि गर्न अनुरोध गरेको थियो । परिवारकै अनुरोधमा खोजिगर्दा जमिललाई मानसिक सन्तुलन असमान्य रहेको अवस्थामा भेटिएको थियो ।

दुवैजनाको उद्धार कार्यमा प्रत्यक्ष सम्लग्न रहेका पूर्ण सूब्बाका अनुसार फेकन सहनी र जमिल अमत चुरीहर दुवैजनाको ट्राभल्स डकुमेन्ट दूतवासले निःशूल्क जारी गरेको हो । मलेसियामा अवैधानिक बसे बापत अध्यागमनलाई बुझाउनु पर्ने कम्पाउन्ड शूल्क र हवाई टिकट फेकन सहनीको नेपाल राजदूतवास र जमिल अमत चुरीहरको परिवारले उपलब्ध गराएको हो । त्यस्तै, उद्धार गरिएको दिन देखि नेपाल नफर्किउन्जेलसम्म बस्ने ब्यवस्था सेल्टरहाउसमा गैर आवासीय नेपाली संघ  (एनआरएन) मलेसियाले उपलब्ध गराएको हो ।

‘अप्रिल १९ तारिख नेपाल फर्किएका दुवैजनालाई पिएनसिसि मुख्य कार्यलयले त्रिभुवान अन्तराष्ट्रिय विमान स्थलबाट रिसिभ गरि सेल्टर हाउसमा राखिने र परिवारको जिम्मा लगाईने छ । उहाँलाई नेपाल पठाउन प्रत्यक्ष रुपमा अहम भुमिका निभाउनु हुने नेपाल दूतावास मलेशियाका प्रथम सचीव प्रेम बहादुर बुढाथापा सर लाई बिशेश धन्यवाद साथै हार्दिक अभार प्रकट गर्दै उनीहरुलाई घरसम्म पुग्ने खर्च दिएर विदा गरिने कुरा पूर्ण सुब्बाले जानकारी दिनु भयो।