के रिसले ठूलो क्षति निम्त्याउछ् ? रिसलाई कसरी नियन्त्रण गर्ने त ?

रिस मानिसको स्वाभाविक प्रक्रिया हो, तर यसलाई व्यवस्थापन गर्न नसक्दा ठूलो झमेलामा फस्ने डर हुन्छ ।महात्मा गान्धीले भनेका थिए, ‘रिस एक क्षणको पागलपन हो । जो क्षणिक हुन्छ तर यसले ठूलो क्षति निम्त्याउने सार्मथ्य राख्छ ।’

हुन पनि मानवीय संवेदनाको एक हिस्सा रिस केहीबेरका लागि पागलपन मात्र हो । रिस सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन् । अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरु पाइन्छन् । आज हामी तपाईलाई रिस कसरी नियन्त्रण गर्न सकिन्छ त्यसबारे केही जानकारी दिँदैछौं ।

लामोलामो श्वास लिनुहोस्

यदि तपाईंलाई अत्यधिक रिस उठेको छ भने लामो लामो श्वास तान्दै फाल्ने गर्नहोस् । जतिजति तपाईंलाई रिस उठ्छ तपाई आफूलाई सहज हुने गरी लामो लामो श्वास फेर्नुहोस् । यसले तपाईलाई श्वास फेर्न तिर ध्यान मोड्छ र रिस आउनुको आवेगमा कमी आउँछ ।

डुल्ने बानीको बसाउनुहोस्

शारीरिक ब्यायामले मानिसको अनावश्यक चिन्तनमा नियन्त्रण पाउन सघाउने गर्दछ । त्यसैले तपाईलाई रिस उठेको छ भने सामान्य शारीरीक ब्यायाम गर्न थाल्नुहोस् । यसले नसाहरू संयमित पार्नुका साथै रिसलाई कम गर्दै लान्छ । अझ केहीबेर यताउती डुल्ने वा शान्त बस्नुभयो भने तत्काल रिस नियन्त्रणमा सघाउ पुर्याउँछ ।

केही मनपरेको शब्द मन्त्रको रुपमा उच्चारण गर्नुहोस्
आफूले मन परेका शब्द वा वाक्य खोज्नुहोस् र त्यसमा एकाग्र हुने कोसिस गर्नुहोस्। त्यो शब्द मन्त्रको रुपमाबारम्बार दोहो¥याउनहोुस्। जस्तै म ठिक हुनेछु। सजिलै रुपमा लिऔं आदि।

मानसिक उल्झनबाट बाहिर हुनुहोस्

चुपचाप शान्त कोठाभित्र बसेर आँखा बन्द गर्नुहोस् र आफूलाई एकदमै रिल्याक्स गरेको दृश्य कल्पिनुहोस्। जस्तैः कुनै रमाइलो हरियाली दृश्य सम्झिनुहोस्। जहाँ पोखरी छ, पोखरीको पानी कुन रंगको छ ? चराचुरुंगीको आवाज कस्तो आइराखेको छरु यी इत्यादि दृश्यहरू आँखा बन्द गरेर महसुस गर्नुभयो भने रिस छिट्टै मर्छ।

चुप लागिदिनुस्

तात्तातो रिसको बेला मान्छेले जथाभावी बोल्न थाल्छ यसले राम्रो होइन आफैलाई हानी पु¥याउँछ। रिस उठिराखेको बेला केही शब्द भन्न लागेपनि मान्नुस् की तपार्इंको ओठमा गम टाँसिएको छ,बोल्न सक्नुहुन्न। यसरी चुपचाप भएको बेला तपाईंले गलत या सही छुट्याउन समय पाउनुहुन्छ।

मज्जाले हाँस्नुहोस्

खराब मुड जस्तो नराम्रो त अरु के हुन सक्ला र। आफ्नो रिसलाई शान्त पार्न हसाउने र रमाइलो कुराको खोजीमा लाग्नुहोस्जस्तै बालबच्चासँग खेल्ने, मेमे, स्ट्याण्डअप कमेडी हेर्ने आदि।

लेख्ने बानी गर्नुहोस् 

जुन कुरा भन्न सकिँदैन त्यसलाई पक्कै पनि लेख्न सकिन्छ। रिस लागेको बेला के महसुस भइरहेको छ र कस्तो प्रतिक्रिया जनाउन मन लागेको छ मजाले लेख्नुहोस्। आफ्नो कुरा कापीमा लेख्दा मन शान्त हुन्छ।