युएईसंग पराजित नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो।

Lalit Narayan Rajbanshi of Nepal celebrates the wicket of Syed Haider of United Arab Emirates during the ACC Men's Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

ओमान:= नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबार नेपाल र युएईबीच भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको थियो। अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।

नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । याे हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।ब्याटिङमा नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५० रन बनाए। ४० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। गुल्शनकुमार झा २० र करण केसी १७ रन बनाएर आउट भए।

नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए। अर्का ओपनर आशिफ खेख ८, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५, सोमपाल कामी २ रन बनाएर आउट भए । यस्तै अभिनाश बोहरा १ र ललितनारायण राजवंशी २ रनमा अविजित रहे।

यूएईका जुनैद सिद्दिकी, अलि नासिर र बसिल हमिदले २–२ विकेट लिए भने ओमिद शफी रहमान, आयान अफजल खान र मोहम्मद फारुखले १/१ विकेट लिए ।यूएईका ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाए।

यस्तै, विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए। नेपालका लागि गुल्सन झाले २ तथा ललित नारायण राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए।

नेपालले भने अब तेस्रो स्थानको लागि खेल्नेछ । शुक्रबार हुने दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग नेपालले तेस्रो स्थानका लागि शनिबार खेल्ने छ । यस प्रिमियर कपमा पहिलो दोस्रो र तेस्रो हुने देशले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउने छन् ।