क्रिकेट तर्फ विश्व वरीयतामा सुधार तर्फको यात्रामा ऎरी, एसोसिएट राष्ट्रको नम्बर वान अलराउण्डर।

Dipendra Singh Airee of Nepal during net practice session of the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं := नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी-२० वरीयताको अलराउण्डरतर्फ ११औँ स्थानमा उक्लिनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र १४ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल हुनुभएको हो ।

त्यसैगरी, ब्याटिङतर्फको विश्व वरीयतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिनुभएको छ । ऐरीपछि एसोसिएटमा नामिबियाका ग्रहार्ड इरास्मस १३औँ स्थानमा रहनुभएको छ । १२ औँ स्थानमा टेष्ट राष्ट्र अष्ट्रेलियाका मिचेल मार्स हुनुहुन्छ । अलराउण्डरतर्फ पहिलो नम्बर बंगलादेशका सकिब अल हसन रहनुभएको छ ।

ऐरी टी-२० वरीयतातर्फ एसोसिएट राष्ट्रको नम्बर वान अलराउण्डर बन्नुभएको छ । ऐरी आइसिसीको टी-२० तर्फ टेष्ट राष्ट्रपछि एसोसिएटका नम्बर वान अलराउण्डर बन्नुभएको हो ।

ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहनु भएको छ । उहाँले प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्नुभएको थियो ।

ब्याट्सम्यानको नयाँ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेख ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लिनुभएको छ । त्यस्तै, कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुग्नुभएको छ । टी-२० बलिङतर्फ भने नेपालका कुनै पनि बलर १०० भित्रसमेत अटाएका छैनन् ।