एजेन्सी := इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट खेल अन्तर्गत मुम्बई इण्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ। यस अघि लगातार तीन खेलमा हार बेहोरेको मुम्बईले आइतबार दिल्लीलाई २९ रनले पराजित गरेको हो ।
मुम्बईले दिएको २३५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन बनाएको थियो ।यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।
यो जितपछि मुम्बईको ४ खेलमा एक जित र ३ हारसहित २ अंक भएको छ भने दिल्लीको ५ खेलमा एक जित र चार हारसहित २ अंक नै रहेको छ ।




















