नेपाली राजदूतावास मलेसिया र सेमिनिया घरफिर्ती केन्द्र प्रमुखबीच भेटघाट सम्पन्न।

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावास र मलेसियाली अध्यागमन विभाग (इमिग्रेशन) मातहतको सेमिनिया घरफिर्ती केन्द्र (डिटेन्सन क्याम्प) का प्रमुखबीच भेटघाट तथा छलफल सम्पन्न भएको छ ।

विभित्र समयमा विभित्र किसिमको मुद्दा , आरोपमा पक्राउ परि जेल परेर सजाय भुक्तान गरिसकेका र घरफिर्ती केन्द्रमा रहेका नेपाली कामदारहरुलाई सकुशल स्वदेश फर्काउन थालिएको पहल सहितको भेटघाट तथा छलफल सम्पन्न भएको नेपाली राजदूतावास मलेसियाले जनाउनु भएको छ ।

उक्त भेटघाट तथा छलफल कार्यक्रममा नेपाली राजदूतावास मलेसियाको तर्फबाट प्रथम सचिव तथा जेल डिटेन्सन शाखा प्रमुख वलिराम प्रसाद धामी र जनसम्पर्क अधिकृत जय प्रकाश गिरी उपस्थित रहेका थिए ।

भेटमा सेमिनिया घरफिर्ती केन्द्र (डिटेन्सन क्याम्प) का प्रमुख समक्ष प्रथम सचिव धामीले सजाय पूरा गरिसकेका २२ जना नेपालीलाई तत्काल स्वदेश फिर्तीका सम्बन्धमा आवश्यक छलफल पूरा भएको र सम्पुर्ण कागजात हवाई टिकट को ब्यवस्था गरेर ती सबै नेपालीहरुलाई छिट्टै स्वदेश फर्काइने राजदूतावासले बताउनुभएको छ ।