फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिहरूको नयाँ सूचीमा गायिका टेलर स्वीफ्ट।

एजेन्सी:= अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूची अनुसार गायिका टेलर स्वीफ्ट पनि औपचारिक रूपमै अर्बपतिहरूको सूचीमा जोडिनुभएको छ । यो सूचीमा अन्य कयौं चर्चित व्यक्तित्वहरू पनि छन् । स्वीफ्ट गएको अक्टोबरमै अर्बपति बन्नुभएको छ ।

एराज टूरका कारण कमाई बढेसँगै उहाँ फोर्ब्सको सूचीमा पर्नुभएको हो । फोर्ब्सका अनुसार गायिकाले अब आधिकारिक रूपमै विश्वभरका अर्बपतिहरूको सूचीमा एन्ट्री गर्नुभएको छ । उहाँको कूल सम्पत्ति एक अर्ब डलरभन्दा बढी भएको बताइएको छ ।

यो सूचीमा रिहाना, जे-जेड र जिम्मी बफेटलगायत कलाकारसमेत हुनुहुन्छ । तर केबल गीत लेखेर अनि गाएरै यो सूचीमा पर्ने चाँहि टेलर पहिलो कलाकार हुनुहुन्छ । उहाँको इराज टूरको पहिलो ६० वटा शोबाटै एक अर्ब चार करोड डलर कमाएको अनुमान गरिएको छ ।