काठमाडौं := धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छन् । सोमवारदेखि भारतको गोवाबाट सम्पर्क विहीन भएकी आरती हमाल परिवारको सम्पर्कमा आएकी हुन् ।
पारिवारीक स्रोतअनुसार उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् ।
आरतीकी आमा शारदाकाअनुसार उनीहरु भारतको गोवामा छन् । अहिले उनी सम्पर्कमा आएपछि बैनी आरजु हमाल र उनका श्रीमान् रीतेज भट्ट गोवा पुगेका छन् ।
नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएपछि परिवारले खोजिदिन सबैमा आग्रह गरेका थिए । आरती ओशो साधक हुन् । परिवारका अनुसार ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।