आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सको लगातार दोस्रो जीत।

एजेन्सी := साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईसामु निरीह बन्दै गुजरात टाइटन्स ६३ रनले पराजित भएको हो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।

यो जितपछि चेन्नईको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । अब चेन्नईले आफ्नो तेस्रो खेल मार्च ३१ मा दिल्ली क्यापिटल्सविरुद्ध खेल्ने छ ।

त्यसैगरी गुजरातले भने आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । २ खेलमा गुजरातको २ अंक रहेको छ । अब गुजरातले आफ्नो अर्को खेल मार्च ३१ मा सनराइजर्स हैदरावादसँग खेल्ने तालिका रहेको छ ।