जुम ब्युटी एकेडेमीद्वारा काठमाडौंको बौद्धमा आयोजित होली विशेषमा दर्शक झुमे।

काठमाडौं := जुम ब्युटी एकेडेमीले काठमाडौंको बौद्धमा होली विशेषमा दर्शक झुमेका छन् । काठमाडौंस्थित बौद्ध हेरिटेजमा आयोजित एकेडेमीको होली कार्यक्रममा गायक धीरज राइसँग दर्शक झमुेका थिए ।

एकेडेमीकी ब्राण्ड एम्बेस्टर नायिका केकी अधिकारीको उपस्थितीमा भएको कार्यक्रममा नेपाली माइकल ज्याक्सनको उपनामले परिचित गायक राईले सांगीतिक प्रस्तुति दिँदा होलीको रंगमा रंगिएका युवा युवतीहरू झुमेका थिए ।

‘जाँदै छु टाढा, सोल ढोले सोल, लुकी लुकी, जाउ जाउ समाउ, हिमाल नझुकेसम्म’ जस्ता गीत श्रोता/दर्शकमाझ ल्याउनुभएका गायक राई पछिल्लो समय भने ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान चलाउँदै विश्व यात्रामा हुनुहन्छ ।

कार्यक्रममा नायिका अधिकारीले पनि आफ्नो प्रस्तुति दिनुभएको थियो भने जुम ब्युटी एकेडेमीका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले कार्यक्रममा सहभागी सबैलाई विशेष धन्यवाद दिँदै गायक राई र ब्राण्ड एम्बेस्डर अधिकारीलाई मायाको चिनो अर्पण गर्नुभएको थियो ।