एजेन्सी := विराट कोहलीको शानदार इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।
पञ्जाव किंग्सले दिएको १७७ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।बैंगलुरुको जितमा विराट कोहलीले सर्बाधिक ७७ रन बनाएका थिए भने दिनेस कार्तिकले अविजित २८ र महिपाल लोमरोरले अविजित १७ रन बनाएका थिए ।
यसअघि पञ्जावलेपहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । यो रोयल च्यालेन्जर्स बैंगलुरुको दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पञ्जावले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ ।




















