तराईमा गोली पर्वमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा।

[ प्रकाश मैनाली ] 

सर्लाही := वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेसका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा गीत पछिल्लो समय हराउँदै जान थालेकोमा बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन् ।

होली पर्वमा तराईका बस्तीमा गवैया (गायक) हरुले ढोलक, मृदङ्ग, झ्याली, हारमुनियम जस्ता बाजाको प्रयोगगरी जोगिरा गीत गराउने प्रचलन छ । जोगिरा र होलीका गीतका कारण तराईका हरेक गाउँको वातावरणमा बेग्लै किसिमको रौनक छाएको हुन्थ्यो । तर ती गीतहरु हिजोआज लोप हुने अवस्थामा पुगेको भन्दै साँस्कृतिकका जानकार तथा नागरिक समाज सर्लाहीका अगुुवा रजनी कान्त झा को चिन्ता गर्नुभयो ।

साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको होलीले प्रायः सबै जातजातिका र उमेर समूहका मानिसलाई एक आपसमा अविर दलेर सद्भाव, आत्मियता बढाउँछ । जोगिरा गीत मात्रै होईन तराईमा उत्साव र उमङ्गका साथमा खेलिने होलीको महत्व पनि वर्षेनी घट्दै गएको छ । तराईका भित्री गाउँबाट समेत गरिवीका कारण अधिकांश युवाहरु विदेशिएका छन् ।

त्यसैले पनि गाउँघरमा होलीको रौनक देखिँदैन् भने अर्कातिर आधुनिक र भोजपुरी गीतले स्थान पाएकोले यसको महतो घटन पुगेको शिक्षक तथा साँस्कृतिकका जानकार राम मिलन रायको भनाइ छ ।पुराना जोगिरा गवैयाहरुको मृत्यु भैसकेको र कतिपय बुढयौलीका कारण थला परेपछि जोगिराको संरक्षणमा चूनौति थपिएको छ । यसको संरक्षणका लागि सामाजिक अभियन्ता र जनप्रतिनिधीहरु विशेष जोड दिनुपर्ने बुढापाकाहरुको तर्क छ ।