नेपाल एयरलाइन्सले नमानेपछि हिमालयन एयरलाइन्समार्फत स्वदेश फर्किए पीडित धामी।

क्वालालम्पुर (मलेसिया):= नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले लान नमानेपछि अन्ततः हिमालयन एयरलाइन्समार्फत एक पीडित नेपाली श्रमिक मलेसियादेखि स्वदेश फर्किएका छ्न । बझाङ जिल्ला केदारस्युँ गाउँपालिका वडा न ७ घर भएका ३२ वर्षिय दिपक धामी बुधबार बिहान हिमालयन एयरलाइन्समार्फत स्वदेश फर्किएका हुन ।

मानसिक सन्तुलन गुमाएका धामी मलेसियाको एउटा चाईनिजको सामान्य मार्केटमा हेल्परको रुपमा काम गर्दै आएका थिएँ। उनलाई सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको पहल र मलेसियास्थित नेपाली राजदूतावासको सहयोग सहकार्यमा हिमालयन एयरलाइन्समार्फत आज बिहान ०३:४५ बजेको उडानमार्फत नेपाल फर्किएका छन् ।

नेपाल वायुसेवा निगम मलेसियाका कर्मचारीले तिन/ तिन पटक सम्म् पनि आवश्यक सम्पुर्ण प्रक्रिया पुरा हुदाहुदै पनि विभिन्न बाहानाबाजी गर्दै पठाउन नसकेको धामिलाई हिमालयन एयरलाइन्सले नेपाल लगिदिएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का’खप्तडिको अनुसार धामिलाई मलेसियामा उपचार गराउन आर्थिकको कारण यहाँ सम्भव थिएन उनका परिवारले बिरामीलाई नेपालमा पठाइदिन आग्रह गरे उन लाई नेपाल पठाउन ठुलो संघर्ष गर्नु पर्यो ।

नेपाली राजदूतावास मलेसियाका प्रथप सचिव प्रेम बहादुर बुढथापा र टेक बहादुर बुढा आफैंले नेपाली राजदूतावासको गाडिमा बिरामीलाई बिमानस्थलमा ल्याउन र पुर्याउन ३ पटकसम्म आवातजावत गर्नु पर्यो। यति सम्म कि नेपाल फर्किनलाई बोर्डिङ पास भैसकेको बिरामीलाई नेपाल एर्लाईन्सका चालक (क्याप्टेन)ले स्वदेश फर्काउन लाई प्लेनमा बस्न दिन मानेनन् ।

यसैगरी पीडित धामीलाई स्वदेश फर्काउने प्रयासमै आज बुधवार नेपाली राजदूतावास मलेसियाका प्रथप सचिव एवं जेल तथा डिटेन्सन शाखा प्रमुख बलिराम प्रसाद धामी र टेक बहादुर बुढा आफैंले दुतावासको गाडिमा बिरामिलाई बोकेर लिएर बिमानस्थल पुगेका थिए ।

मलेसिया आएको १८ महिना भयो जेनतेन घरपरिवार चलाउन गुजारा गरेकै थिए धामीले । सुरुवातको समयमा सामान्य थिए मेडिकलको औषधि खाईरहेका थिए तर उनि एकाएक आफ्नो मानसिक सन्तुलन गुमाए। दुई चार दिनको आराम र अस्पतालको औषधिले उहाँलाई केही सन्चो हुँदैन थियो त्यसैले जसरी पनि नेपाल फर्काउनु पर्ने थियो फर्काउन सफल भयौ अध्यक्ष खप्तडिले बताए ।

धामीलाई नेपाल फर्काउनमा सहकार्य गर्ने नेपाली राजदूतावास मलेसिया र दुतावासका कर्मचारी, बिरामीका परिवार ,आफन्तहरू, सुदूरपश्चिमेली नेपाली समाज साउदीका उपाध्यक्ष चक्र मल्ल, हिमालयन एयरलाइन्स मलेसियाका कर्मचारी र चालक (क्याप्टेन) साथै बिभिन्न अनलाईन मिडिया लाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले धन्यवाद ज्ञापन गरेको छ ।