स्पेनिस ला लिगा फुटबल: रियल म्याड्रिडले सेल्टा भिगोलाई हरायो।

एजेन्सी := स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई फराकिलो अन्तरले पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र अर्दा गुलेरले एक एक गोल गरेका थिए भने सेल्टा भिगोका भिसेन्ट गुइटा र कार्लोस डोमिंगगुएजले एक एक गोल आत्मघाती गोल गरेका थिए ।

२८ खेलबाट रियलको सबै भन्दा बढी ६९ अङ्क रहेको छ । ६२ अङ्कसहित जिरोना दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६१ अङ्क छ ।