क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय शुक्रवारको दिन बन्द रहने भएको छ ।
यहीँ मिति सन् २०२४ मार्च ८ तारिख अर्थात , मिति २०८० साल फागुन २५ गते शुक्रबारका दिन नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्री परेकोले सो दिन दूतावासको कार्यालयबाट प्रभाव हुने सम्पुर्ण कन्सुलर सेवा बन्द रहने दूतावासले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
साथै दूतावास ले मलेसिया लगायत फिलिपिन्स, इन्डोनेसिया, ब्रुनाई र टिमोर लिष्टेमा विभिन्न कामको सिलसिलामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी वहिनीहरुमा महाशिवरात्रीको अवसरमा दूतावासको तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेका छ्न ।
दूतावासका अनुसार यस दिनमा राजदूतावासमा जरुरी काम अथवा समस्या परेमा सम्पर्कको लागि +६०१६२४७२७७७ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।





















