काठमाडौं := चलचित्र ‘एक्टर’मा नवअभिनेत्रीका रूपमा दिव्या रायमाझी प्रवेश गर्नुभएको छ । चलचित्रमा दिव्याको अभिनेता प्रदीप खड्कासँग जोडी बाधिएको हो। निर्माणपक्ष र दिव्याबीच कागजी सम्झौता भएको छ।
निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीमा चलचित्रमा काम गर्न सहमति दिनुभएको हो ।े सहमतिपछि दिव्याका तर्फबाट उहाँका बुवा अभिनेता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच चलचित्रका लागि सम्झौता भएको हो।
अमेरिकामा अध्ययनरत दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि काम गर्न तयार हुनुभएको हो । यो चलचित्रमा दिव्या र प्रदीपसँगै नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको मुख्य भूमिका रहने निर्माणपक्षले जनाएको छ ।
राजन भुसालको निर्देशन रहने चलचित्रमा थमनकुमार भण्डारीको लगानी छ । वैशाख पहिलो साताबाट छायांकन सुरु गरिने यो चलचित्र आगामी वर्षको कात्तिक १५ गते रिलिज गर्ने निर्माणपक्षको तयारी छ।




















