क्वालालम्पुर (मलेसिया):= नेकपा एमाले निकट प्रवासी नेपाली मंच मलेसियाको पेनाङ राज्य कमिटी पुनःगठन कार्यक्रम सम्पन्न भएको छ ।
यहीँ सन् २०२४ फेब्रुअरी २५ तारीख आईतवार पेनाङस्थित बुकित जम्बलको जुनतारा होटलमा एक कार्यक्रमको आयोजना गरि पुर्ण वलिको नेतृत्वमा १३ सदस्यीय पेनाङ राज्य कमिटी पुनःगठन सम्पन्न भएको प्रवासी नेपाली मञ्च मलेसियाका केन्द्रिय सचिव कृष्ण खड्काले जानकारी दिनुभयो ।

गत बर्ष सन् २०२३ सेप्टेम्बरमा गठित पेनाङ राज्य कमिटीका अध्यक्ष लगायतका अधिकांश पदाधिकारीहरु रोजगारीको अवधी सकिएर स्वदेश फर्किनु भएको र केही पदाधिकारीहरु निस्कृय रहनु भएको हुँदा आईतवार बसेको भेलाले पदपूर्ति भन्दा पुन:र्गठन गर्नु उपयुक्त हुने देखेर पूर्ण वलीको अध्यक्षतामा पुनः गठन गरिएको सचिव खड्काले जानकारी दिनुभयो ।
पुनः गठित कमिटीको उपाध्यक्ष -शालिकराम भट्ट, सचीव – निराजन देबकोटा, सहसचिब -मनोज घिमिरे, सह-सचिब -मनिष महतो, सदस्यहरुमा क्रमशः ज्ञानिमाया वाईबा, मनिसा ब्लोन, जमुना कुमाल, बिनोद गहतराज, ईश्वर पोख्रेल, राम वहादुर जैसी, लिला बहादुर कुमाल, बद्री प्रसाद दाहाल लगायत रहनु भएको छ ।
उक्त पुनःगठन कार्यक्रममा प्रवासी नेपाली मंच मलेशियाका अध्यक्ष दयाराम कुमालको प्रमुख आतिथ्यता एवम् सदस्य राजेन्द्र श्रेष्ठ तथा पेनाङ राज्य कमिटी संयोजक राधिका क्षेत्रीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।




















