अहिलेको सरकारमा गठबन्धन दायाँबायाँ हुँदैन: सभापति शेरबहादुर देउवा।

काठमाडाैं:= कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन दायाँबायाँ नहुने संकेत गर्नुभयो । देउवाले सत्ता गठबन्धनप्रति कांग्रेससंगै रहने प्रतिबद्धता गरेको दोहो-याउनुभयो ।

महासमिति बैठकमा गठबन्धन गरेर जान नहुने भनी प्रतिवेदन पारित भए पनि सभापति देउवाले सत्ता गठबन्धनमा कुनै असर नपर्ने उहाँले दाबी गर्नुभयो । देशभित्र नभई कांग्रेसले लिने नीतिगत निर्णयले अन्तर्राष्ट्रिय जगत्मा पनि अर्थ राख्ने उहाँले बताउनुभयो ।

कांग्रेसले लिने निर्णय समय सापेक्ष र दूरदर्शी हुने उहाँको दाबी छ । विगतका अनुकूल र प्रतिकूल अवस्थामा पनि राजनीतिक मियोको रूपमा कांग्रेस रहेको उहाँले बताउनुुभयो । महासमिति बैठकले कांग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको देउवाको दाबी छ ।

वर्तमान गठबन्धनको सरकारको प्रमुख भएकाले निरन्तर सहयोग गर्दै देशमा विकास ल्याउने मुख्य दायित्व कांग्रेसको भएको उहाँले दाबी गर्नुुभयो । बैठकले नेपाल र नेपाली कांग्रेसको राजनीतिमा ऐतिहासिक महत्व राख्ने उहाँले बताउनुभयो ।