पोर्चुगलमा सुदुर पश्चिमेली नेपाली समाज गठन, अध्यक्षमा दिपेश बिष्ट।

[ प्रकाश क्षेत्री ]

पोर्चुगल;= पोर्चुगलमा सुदुर पश्चिमेली नेपाली समाजको समिति गठन भएको छ । बिहिवार लिस्बनमा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा दिपेश बिष्ट र महासचिवमा सुरज बिष्ट रहेको ३९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गर्दै समाज गठन भएको हो ।

अधिवेशनको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, विशेष अतिथिहरु गैरआवासीय नेपाली संघ युरोप उपसंयोजक रोबोट लिम्बू, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्का, एनआरएनए आइसिसी सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष सोमफुरी शेर्पा, निवर्तमान आइसिसी सदस्य धनराज शेर्पाले शुभकामना मन्तव्य दिएका थिए ।

यसैगरी अतिथिको रूपमा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर, नेपाली जनसम्पर्क समितिका सभापति युवराज पन्थी, प्रवासी नेपाली मंचका उपसचिव मिलन रेग्मी, नेपाली जनप्रगतिशील मंचका संयोजक सीता ढकाल सुवेदी, नेपाली जनप्रगतिशील मोर्चाका वरिष्ठ उपाध्यक्ष टंक खड्का, जिल्ला समाजमा स्याङ्जाका अध्यक्ष अर्जुन अर्याल, गुल्मीका कावा अध्यक्ष प्रकाश पाण्डे, नवलपुरका अध्यक्ष प्रेम बुढाप्रीति, भिजन स्पोर्ट्स एकेडेमीका अध्यक्ष सौगात विष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आयोजक समितिका संयोजक दिपेशविक्रम बिष्टको अध्यक्षता, डम्बर खड्काको संचालन र नरेश भाटको स्वागतमा सम्पन्न कार्यक्रममा सुदुर पश्चिमको देउडा खेल्नुका साथै गीत, मुक्तक र कविता वाचन गरिएको थियो । अधिवेशनले संस्थाको विधान र आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।

सुदुर पश्चिमेली नेपाली समाज पोर्चुगल नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा दिपेश बिष्ट , वरिष्ठ उपाध्यक्षमा पदम चौधरी , उपाध्यक्षमा नरेश भाट , उपाध्यक्षमा  नरेन्द्रबहादुर साउद , महिला उपाध्यक्षमा लक्ष्मी थापा जोशी , महासचिवम सुरज बिष्ट , सचिवमा पुष्पराज जोशी, सचिवमा खड्क संजाल , कोषाध्यक्ष अशोक जोशी , सह-कोषाध्यक्ष प्रेम भट्ट , महिला संयोजक  दिव्या भट्ट निर्वाचित भएक हुन ।

त्यसैगरी समाजको सदस्यहरुमा क्रमशः दीपेन्द्र ठगुन्ना , मनोज जोशी , जय बहादुर चन्द , शंकर सापकोटा , हरिश तिमिल्सिना , खेम थापा , हरि बिस्ट , अर्जुन सुनम , दीपा देवी शाह , बिजय भट्ट , रबि पण्डित , दीपक भट्ट , प्रकाश साउद , अनुप बोगटी , बिकाश साउद , चन्द्र अएर , धन बहादुर बोहरा , टेक बहादुर बोहोरा , पुस्प बहादुर चलाउने , आनन्द कठरीया , चुडामणि चौधरी , शारदा बटाला (खड़का) , रबि पण्डित , एकता चन्द्र शाह , दिनेश देउवा , चेतन राज जैसी , दया संजाल , अमृत बोहरा लगायत निर्वाचित भएका हुन ।