भीम उपाध्यायमाथी ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ८२ पैसा माग दाबी सहित भ्रष्टाचार मुद्दा।

काठमाडौं := अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष/खानेपानी सचिव भीमप्रसाद उपाध्यायलाई ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ८२ पैसा माग दाबी सहित मुद्दा दर्ता गरेको छ । उहाँसहित डा. सञ्जय शर्मा र गजेन्द्रकुमार ठाकुर तीन जनाविरुद्ध अख्तियारले फरक-फरक बिगोको मागदाबी गरेको छ ।

आईतवार आयोगले विशेष अदालतमा अनुसन्धान पूरा गरी मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आज आरोपपत्र दर्ता गरेको हो । उहाँहरुविरुद्ध मेलम्ची खानेपानी आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दर्ता गरिएको हो ।

तीन पूर्वसचिव दुई जना विदेशी परामर्श दाता र एक जना निर्माण व्यवसायी विदेशीसहित जम्मा १८ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । भ्रष्टाचार मुद्दा दायर गरेको बारेमा विशेष अदालतका प्रवक्ता एवं सूचना अधिकारी धनबहादुर कार्कीले मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आरोप-पत्र दायर भएको बताउनु भयो ।

उहाँले जसमा मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका तत्कालीन सचिव तीन जना रहेको बताउनु भयो । पूर्वसचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलको हकमा छुट्टै बिगो मागदाबी रहेको र उनीहरुलाई ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ ९६ पैसा रहेको बताउनु भयो ।

त्यस्तै मेलम्ची खानेपानीका तत्कालीन अध्यक्ष/खानेपानी सचिव भीमप्रसाद उपाध्यायको हकमा ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ८२ पैसा रहेको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट अनुसन्धान पूरा भएर मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आज आरोपपत्र दर्ता भएको अवस्था छ ।

जसमा तीन जना मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका तत्कालीन सचिव तीन जना हुनुहुन्छ । डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर तीन जना पूर्वसचिव सहित दुई जना विदेशी परामर्श दाता र एक जना निर्माण व्यवसायी विदेशीसहित जम्मा १८ जनालाई विपक्षी बनाएर विभिन्न फरक फरक व्यक्तिलाई फरक फरक बिगोको मागदाबी लिएर आरोप पत्र दर्ता भएको हो ।

यसमा सबै विपक्षीहरुलाई, प्रतिवादीहरुलाई फरक फरक अभियोग माग दाबी छ । पूर्वसचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलको हकमा छुट्टै बिगो मागदाबी छ । ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ ९६ पैसा छ भने मेलम्ची खानेपानीका तत्कालीन अध्यक्ष/खानेपानी सचिव भीमप्रसाद उपाध्यायको हकमा उहाँको दाबी ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ८२ पैसा रहेको छ ।

खानेपानी बोर्डका तत्कालीन सदस्यहरु, निर्माण व्यवसायी र परामर्शदातासहितलाई विपक्षी बनाएर फरक फरक मागदाबी लिएर आरोप पत्र दर्ता भएको छ ।’उहाँले खानेपानी बोर्डका तत्कालीन सदस्यहरु, निर्माण व्यवसायी र परामर्शदातासहितलाई विपक्षी बनाएर फर—फरक मागदाबी लिएर आरोप पत्र दर्ता भएको बताउनु भयो ।